कृषि, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अझै वित्तिय विवरण बुझाउन सकेनन्, तोकिएको समयमा एजीएम हुन नसक्ने

२३ पुष २०८०, सोमबार १७:३५

काठमाडौं । तीन वाणिज्य बैंकहरुले अझै वित्तिय विवरण बुझाउन सकेको छैन । २० वाणिज्य बैंकमध्ये तीन बैंकले अझै वित्तिय विवरण बुझाउन सकेका छैनन् । कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकले दिएको समयमा गत आर्थिक वर्षको वित्तीय विवरण नबुझाएका हुन्।राष्ट्र बैंकले लेखा परीक्षण गराएर विस्तृत प्रतिवेदन राष्ट्र बैंकमा नबुझाई बसेका छन्।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। कम्पनी ऐनको उक्त निर्देशन पालना गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्नुपर्ने हुन्छ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले कात्तिकभित्र असार मसान्तसम्मको अन्तिम लेखा परीक्षण गराएर वित्तीय विवरण पेस गर्नुपर्छ।तर, राष्ट्र बैंकले उक्त व्यवस्थामा दुई महिनाको सहुलियत थप गर्दै लेखा परीक्षणसहित वित्तीय विवरण बुझाउनुपर्ने समयसीमा पुस मसान्तसम्म छ।

बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्न राष्ट्र बैंकमा सम्बन्धित आर्थिक वर्षको वित्तीय विवरण पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सम्बन्धित सुपरीवेक्षणमा अन्तिम लेखा परीक्षण गराएपछि वित्तीय विवरण पेस गर्नुपर्ने हुन्छ।

कम्पनी ऐनको व्यवस्था पालना गर्दै साधारणसभा सम्पन्न गर्ने गरी राष्ट्र बैंकमा कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेस नगरेका हुन्। यस बर्ष लाभांश वितरण नगर्ने घोषणा गर्दै साधारणसभा बोलाएका छन्। १० वाणिज्य बैंकले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् भने ६ ले पुस समाप्त हुनुअघि नै साधारणसभा बोलाएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*