नेप्सेमा एक कम्पनीको सूचीकरण खारेज

२३ पुष २०८०, सोमबार १६:५२

एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज भएको छ । योजनाको अवधि परिपक्क भएसँगै नेप्सेले २०८० पुस २४ गतेदेखि लागू हुने गरि फन्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो ।

एनआईबिएल प्रगति फन्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम ९७० बमोजिम एनआईबिएल प्रगति फण्डको योजना खारेजी सम्बन्धमा २०८० पुस २४ गते सूचना प्रकाशित गर्न लागिएको योजना व्यवस्थापकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*