यस्तो छ म्यानपावर व्यवसायीले विदेश जाने श्रमिकबाट लिने लागत शुल्कको प्रस्ताव (पत्रसहित)

२३ पुष २०८०, सोमबार १५:४७

काठमाडौँ । म्यानपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत प्रस्ताव गरेका छन् । कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालको लागत शुल्क प्रस्ताव गरेको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन ‘खर्च शीर्षक’ निर्धारण गर्नुपर्ने बताए । कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने अध्यक्ष भण्डारीको भनाइ छ ।

रोजगारदाताबाट रिक्रुमेन्ट एजेन्सीलाई निर्धारित लागत खर्च प्राप्त भए कामदारबाट कुनै शुल्क नलिने उनको भनाइ छ । तर, रोजगारदाता कम्पनीले नदिएको खण्डमा १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत अनुमान शुल्क लिन पाउनुपर्ने माग व्यवसायीले राखेका छन् ।

शुल्क निर्धारण गरेर व्यवसायीले सेवा शुल्क र निर्धारित खर्च कामदारले बेहोर्ने व्यवस्था भए मात्र लागत खर्च पारदर्शी हुने उनको भनाइ छ । कामदारको उक्त रकम कुनै वित्तीय संस्था तथा कोषसँग सम्झौता गरेर ती वित्तीय संस्थाले व्यहोर्ने गरी व्यवस्था मिलाइनु पर्ने अध्यक्ष भण्डारीले बताए । यो रकम कामदारले वैदेशिक रोजगारमा गएर आर्जन गरेपछि मात्रै तिर्ने व्यवस्था मिलाउनुपर्नेमा पनि संघले जोड दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*