गुडविल फाइनान्सको वार्षिक साधारण सभा माघ १५ गते, यस्ता छन् एजेण्डाहरु

२३ पुष २०८०, सोमबार १३:२६

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तयि विवरणहरु पारित गर्ने मुख्य एजेण्डा रहेको छ।

कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभा बोलाएको हो ।

बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आगामी माघ १५ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रमा उदेश्य थप गर्ने र नियमनकारी निकायबाट कुनै सुझाव आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने प्रस्ताव पारित गरिनेछ ।

संस्थापकबाट एक जना महिलासहित २ जना संञ्चालक र सर्वसाधारण सेयरधनीतर्फबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डाहरु रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*