सुर्यज्योति लाइफको सञ्चालकमा नमिता शर्मा नियुक्त

२३ पुष २०८०, सोमबार ११:०४

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । पुस २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक तर्फको रिक्त सञ्चालक पदमा विराटनगरकी नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थापक शेयरधनी पुजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरिएको जनाइएको छ । पुस २२ गतेदेखि लागू हुने गरी शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*