माउन्टेन इनर्जीको लाभांश घोषणा

२३ पुष २०८०, सोमबार १०:०६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गरी शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सोही बमोजिम लाभांश वितरणको निर्णयलाई विद्युत नियमन आयोगको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*