नेप्सेमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्मे

२२ पुष २०८०, आईतवार १५:१८

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत ३०४ कम्पनीहरुको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख बराबरको कारोबार भएको छ ।

नेप्से दोहोरो अंकले घट्दा आज १२ उपसूचक रातै भएका छन् । यस दिन हाइड्रोपावर उपसूचक १.०३ प्रतिशतले बढेको हो । आज टे«ड्रिङ उपसूचक सर्वाधिक २.१४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*