कुमारी बैंकको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा
२२ पुष २०८०, आईतवार १०:४२
काठमाडौं । कुमारी बैंकको ६५ हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभर कुनै आवेदन नपरेमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
त्यस्तै बैंकले अर्को एक सूचना जारी गर्दै बोलकबोलमा आवेदन नपरेको १ हजार २०७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।