हिमालयन र प्रभु बैंकबाट एकैपटक ठूलो मात्रामा बाहिरिदैछन् यी संस्थापक शेयरधनी ?

२० पुष २०८०, शुक्रबार १८:५८

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।प्रभु बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेको हो भने हिमालयन बैंकबाट चार जना सेयरधनीहरु एकैपटक बाहिरिन लागेका हुन् ।

हिमालयन बैंकका संस्थापक सुव्वा प्रसाद लामिछानेको नाममा रहेको ५ हजार २९१ कित्ता, आशामान तण्डुकारको ११ हजार ६९३ कित्ता, कालु गुरुङको ५९ हजार २५९ कित्ता र तिर्थ राज नेपालको १ हजार ७९९ कित्ता गरी कूल ७८ हजार ४२ कित्ता सेयर बिक्रीमा राखेको हो ।

त्यस्तै, प्रभु बैंकतर्फ संस्थापक सेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठको २८ हजार १३३ कित्ता, कुमार पौडेलको ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीको ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीको ८ हजार ५ सय कित्ता, तिलक बहादुर प्रधानको ३८ हजार ४४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यस्तै, सीताराम के.सी.को २६ हजार ५ सय कित्ता, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टको ३ हजार ५०९ कित्ता, करिस्मा राउतको १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलको ७९३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आहवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*