आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभा सम्पन्न

२० पुष २०८०, शुक्रबार १८:३९

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा आज अर्थात पौष २० बैभव पार्टी प्यालेस मैतीदेवीमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष.२०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*