सुरु लगानी गर्ने पार्टनरलाई धोका दिने ‘टुटल एप’ संस्थापक भट्ट पक्राउ
२० पुष २०८०, शुक्रबार १५:२४
काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक रहेका शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भट्टलाई पक्राउ गरेको हो । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए ।
भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको छ । सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले जानकारी दिए ।
लगानी गर्दा सुरूमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले कब्जा गरेको भन्दै उजुरी परेपछि पक्राउ गरेको एसएसपी खत्रीको भनाइ छ ।