पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने बोर्डबाट पायो अनुमति
काठमाडौं । दोस्रो बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने कम्पनी रिलायन्स स्पिनिङ मिल्स बन्ने भएको छ । पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष रहेको कम्पनीकम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति दिएको छ। सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो भने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी हो ।
सर्वसाधारणमा निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । रिलायन्स स्पिनिंग मिल्सले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीको शेयरको आशय मूल्य प्रति कित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म रहेको छ । यस रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्ने छ । धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य ९कट अफ मूल्य० निर्धारण गर्नु पर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।