कर्मचारीलाई १३ः३० बजे घर पठाएर अन्तिम हिसाब मिलाएर निस्किए सेबाेनका अध्यक्ष हमाल

२० पुष २०८०, शुक्रबार १५:०२

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश हमालले कर्मचारीलाई साढे एक बजे नै घर जान आदेश दिएर अन्तिम हिसाब किताब मिलाएर २:४५ बजे नेपाल धिताेपत्र बाेर्डबाट निस्किएका छन्। शुक्रबार ३ः०० बजे सम्म बस्नु पर्ने कर्मचारीलाई १ बजे बिदाई कार्यक्रम राखी घर पठाएर आफू पाैने तीन बजे निस्कएकाे खुमलटारबाट बीमापाेष्ट प्रतिनिधिले जनाएका छन् ।

भित्रबाट गेट लगाएर बसेका हमालले केही सीमित निर्देशकहरूलाई साथमा राखेर अन्तिम दिन अन्तिम हिसाब किताब  मिलाई बाँकी कामकाे सेटिङ गरी बाहिरिएका छन् । सेबाेनका एक कर्मचारीले चाडै निस्कन भनिएकाे बताए ।

आजै हमालले रिलायन्स स्पीनिङ मिल्सलाई बुक बिल्डिङमा आइपिओ जारी गर्न अनुमति दिएका छन् । यस बाहेक केही सेटिङकाे काम गरेकाे विश्वास गरिएकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*