सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जयशंकरबीच भेटवार्ता, राष्ट्रघाती सम्झौताका विषयमा कुराकानी

१९ पुष २०८०, बिहीबार १२:५१

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले सिंहरदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेलगत्तै जयशंकर प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्ध र विकास साझेदारी सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, भारत सरकारले दूतावासको तजविजिमा मनोमानी खर्च गर्दै आएको खर्चको सीमा पाँच करोडबाट बढाएर २४ करोड बनाउने सम्बन्धी सम्झौतालाई अघि बढाउने सन्दर्भमा पनि कुरा भएको बुझिएको छ । मन्त्रिपरिषदले उक्त प्रस्ताव यसअघि नै पारित गरिसकेको थियो ।

जयशंकरले दुई देशको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका साथै विभिन्न तहमा कनेक्टिभिटी, ऊर्जा विकास र आपसी सहयोगसहितका विषयमा छलफल गर्ने कार्यसूची छ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार बिहान काठमाडौँ उत्रिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*