काठमाडौं जिल्ला अदालत परिसरबाटै फरार भए थुनुवा
१८ पुष २०८०, बुधबार १६:०८
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट परिसरबाटै एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दामा म्याद थपका लागि जिल्ला अदालत लगिएका विमल खड्का फरार भएका हुन् ।
उनी प्रहरी वृत्त स्वयम्भूको थुनामा थिए । म्याद थपका लागि अदालत लगिएकोमा उनी अदालतबाटै फरार भएको बताइएको छ । फरार थुनुवालाई खोज्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताइएको छ ।