शिक्षण र बीमा परामर्श पेशा एकैसाथ अघि बढाउँदै सिटिजन लाइफका अरुण आचार्य (भिडियोसहित)

१८ पुष २०८०, बुधबार १६:१२

मानिसको जीवनमा कतिखेर कुन मोड लिन्छ त्यो कुरा कि त नियतीलाई थाहा होला कि त भगवानलाई यस्तै भएको छ सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर अरुण आचार्यको जीवनमा पनि । रामेछापबाट काठमाडौं आएपछि धेरै सपनाहरु थिए, साईन्स पढ्दै जाँदा के बन्ने भन्ने कुरा मनमा आइरहन्थ्यो । तर, समयले उनलाई जीवन बीमा पेशातर्फ डोर्यायो र अहिले कुशल बीमा परामर्शदाता बनेर जनताको घर घरमा पुगेर सेवा गरिहेका छन् ।

रामेछाप जिल्लाको सुनारपानीमा जन्मिएका अरुण आचार्य भर्खर २८ वर्ष पुग्दैछन् । विज्ञान विषय लिएर त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसबाट रसायनशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेका आचार्यको दैनिकी विहान कलेजमा शिक्षण पेशमा आवद्ध रहन्छन् भने दिनभर बीमा परामर्शमै बित्छ । २०७५ सालदेखि बीमा सेवामा तल्लिन भएका आचार्य शिक्षण पेशाका अलावा बीमा अभिकर्ता बनेर गरिब जनताको घर घरमा पुगेर बीमितहरुको पक्षमा काम गरिरहेका छन् । प्रस्तुत छ उनै कुशल बीमा परामर्शदाता तथा सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर अरुण अचार्यसँग बीमापोष्टकर्मी रिना खत्रीले गरेको कुराकानीको सम्पादित अंशः

 

तपाईलाई बीमा अभिकर्ता बन्न प्रेरणा कहाँबाट मिल्यो ?
म मास्टर पढ्दै गर्दा भेषराज भट्टराई भन्ने सर हुनुहुन्थ्यो । उहाँलाई मेरो कलेज बेन्चमेट भन्दा पनि हुन्छ । र, उहाँलाई सिटिजन लाइँफको सिनियर एजेन्सी म्यानेजरबाट बीमा अभिकर्ता बन्नुपर्छ भन्ने प्रस्ताव आइसकेपछि उहाँ कम्पनीमा आवद्ध हुनुभयो । त्यसपछि उहाँको अभियानस्वरुप हामी मास्टर गर्नेहरुपनि अभिकर्ता पेशा पनि एउटा करियर हो है भनेर उहाँले प्रस्ताव राख्नुभयो । र त्यसालई पनि आफैले स्वीकार गर्दै यसमा म आवद्ध भएको हुुँ । म साइन्स लिएर पढेको मान्छे साइन्टिस्ट बन्नुपर्छ भनेर लागेको मान्छे हुँ म । त्यति बेलामा चाही बजारमा डुल्नुपर्छ दलाल बन्नुपर्छ भन्दा त्यति राम्रो चाँही लागेको थिएन् । तर उहाँले बारम्बार प्रस्ताव राखेपछि र कम्पनीले बेलाबेला गरेको तालिममा भाग लिइसकेपछि धेरै कुरा थाहा पाइयो । बीमा अभिकर्ता पेशा भनेको एकदमै राम्रो पेशा रहेछ र यसले समाजमा धेरै सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बुझेपछि म यस पेशामा लागे । आज पनि बजारमा राम्रो नजरले नहेर्ने चलन रैछ, तर बीमा अभिकर्ता जनताको जीवन रक्षावरण गर्ने अत्यन्तै सुन्दर पेशा भएको देखेपछि निकै खुशी लागेको छ ।

तपाईले शिक्षण पेशा र अभिकर्ता पेशामा के भिन्नता पाउनुभयो ?
शिक्षण पेशा एकदमै सेवामूलक पेशा हो । जसले विद्यार्थिलाई तलबाट माथि जानका लागि मध्यस्तकर्ताको रुपमा शिक्षकले भूमिका निर्वाह गरिरहेका हुन्छौं । शिक्षण पेशामा पनि मैले केही न केही माध्यमबाट अभिकर्ता पेशामा झै काम गरिरहेको हुँदारैछु । त्यहाँ विद्यार्थीलाई मैले पढाइरहदा विद्यार्थीहरुले केही गेन गरिरहेका हुन्थे भने मैले पनि सो बापत आफूलाई आर्थिक रुपमा समुन्नत पारिरिहेको हुन्थे । त्यो पनि मलाई एजेन्ट पेशा नै हो जस्तो फिल हुन्छ । किनभने बुक कसैले लेखेको हुन्छ । पढ्ने मान्छे पनि अरु नै हो, भरे विद्यार्थीलाई जागिर दिने पनि अरुनै हो । मैले त बुकमा लेखेको कुरा मात्र विद्यार्थीमाँझ प्रस्तुत गरेको हुँ । मतलव यो पनि एउटा अभिकर्ता नै हो । किनभने कम्पनी र अभिकर्ता पनि अरु कसैको हुन्छ । बीमा खरिद गर्ने पनि अरु नै हुनुहुन्छ । बीमित पनि अरुनै हुनुहुन्छ । म यस्तो सहजकर्ता हो । जसले कम्पनीको नियमहरु बुझाएर तपाईको जोखिम यसरी बहन हुन्छ है भनेर बुझाउँदै गर्दा मैले पनि यहाँबाट केही प्राप्त गरिरहेकै हुन्छु । त्यही कारण पनि होला मलाई यो एकै पेशा लाग्छ ।

 

तपाई साइन्स पढिरहेको मान्छे साइन्ससम्बन्धित क्षेत्रमा काम गर्न छाडेर अभिकर्ता पेशामा आवद्ध हुँदा परिवारबाट केही दबाब आयो की आएन?
म आफैलाई सुरुसुरुमा यो पेशामा आवद्ध हुँदा नराम्रो लाग्यो । यो दलाल पेशा हो भन्ने मनमा परिरहँदा आफैलाई खल्लो पनि अनुभूति भयो । मैले एजेण्ट भन्ने टर्म नै दलालको रुपमा बुझेको थिए । जब यसमा आबद्ध भए, तब सबै कुरा बुँझे । तर, घरमा कुरा मिलेन एमएससी पढ्न गएको छोरो केमेस्ट्रि पढेको छोरो वैज्ञानिक बन्ला भनेको त दलाल बन्छु भन्दा घरकाले पनि सोझै यो प्रस्तावलाई बहिष्कार गर्दै भन्थे तोईट !, साइन्स पढेको मान्छे पनि कही दलाल बन्छ बन्नुभयो । जस म यसमा नै आवद्ध भएर काम गर्दै गए र यसको राम्रो राम्रो पक्ष घरमा सबैलाई बुझाउदै गए र म प्रतिको फिडब्याक बुबाले देख्नुभयो त्यसपछि ए ..! साच्चै होकी क्याहो ! अभिकर्ता पेशा साँच्चै राम्रो पेशा हो की क्या हो! भन्नुभयो । सुरुमा जति गाह्रो भएको भएतापनि ५–६ महिनापछि मलाई यसमा काम गर्न निकै सहज हुँदै गयो । यति हुँदा मैले के बुझे भने कुनै पनि क्षेत्रमा काम गर्दै जाँदा कामले भन्दा पनि आफूले सो काम प्रति कस्तो धारण राख्छौं त्यसले निकै प्रभाव पार्दाे रहेछ । अहिले घर परिवारका सबैले राम्रो भनिररहनु भएको छ ।

 

अभिकर्तामा आवद्ध भइरहँदा तपाइलाई यो पेशा लङ ट्रम हो भन्ने लाग्यो की सर्ट?
तपाईहरु यसलाई दुनियाको आठौं आश्चर्यको रुपमा लिनुहोस् । सातौं आश्चर्य सुन्नुभयो होला तपाईले । याद राख्नुस बीमामा कोही बीमित छ, कोही कम्पनी छ, कोही राष्ट्र छ र कोही अभिकर्ता छ ।
अभिकर्ताले बीमितलाई इन्स्योरेन्स गर है भन्दा गर्दै गर्दा न बीमितलाई केही घाटा छ, न कम्पनीलाई कुनै घाटा छ र न राष्ट्रलाई कुनै घाटा छ र त्यो गराउने अभिकर्ता पनि फाइदैमा जान्छ । बीमा गरेको मान्छेले यदी उसलाई केही हुँदा खेरी गरिबीबाट जोगाउछ । र यसले गर्दा खेरी सबै जना हामी विन टू विन अवस्थामा पुग्छौ । यसलाई एनलाइज गर्ने हो भने यो एकदमै राम्रो पेशा हो । नेपाली समाजमा समस्या छ, सोचमा समस्या छ । किन भन्दाखेरी मेरो बुबाले बीमा गर्नुभएको थियो र पहिले ?ः मेरो हजुरबुवाले बीमा गराउनु भएको थियो र पहिले? याद गर्नुस २० वर्ष अगाडि बुबा हजुरबुबाले बैंकमा गएर पैसा राखौ न भन्दा पनि उहाँहरुलाई डर लाग्थियो । सबैमा बैंकप्रति विश्वास जागिसकेको थिएन् । किनभने बैंकको ज्ञान गाउँघरमा पुगिसेको थिएन् । याद गर्नुसा यो त अझ बीमा हो । बालापन हो । ३५ वर्षको इतिहास छ जम्मा । नेपालमा प्राइभेट सेक्टरमा बीमा सुरु भएको । ३५ वर्ष इतिहासमा जब मेरो घरमा बीमा पुगको थिएन् । त्यसमा मैले बुझे यहाँ बीमाको ज्ञान छैन किनकी कुनै पाठ्यक्रममा बीमासम्बन्धी कुनै पाठ छैन् । त्यही कारणले गर्दा हामीलाई समस्या भएको हो । तर अहिले समाज फेरिएिको छ । तपाईले गाउँघरमा बीमा गर्नृपर्छ भन्ने कुराहरु बुझ्नु भएको छ । एउटा उदाहरण सुन्नुस रामेछापको एउटा गाउँमा अलि धेरै अगाडि म जादै गर्दा खेरि खोलाको किनारमा बसेर बाख्रा चराइरहनु भएको बुबा थियो । उहाँसँग गफ गर्दै जाँदा मैले बुबा तपाईले बीमा बुझ्नु भएको भनेर सोधे? कस्तो बीमा हो भन्नु भयो उहाँले तर मैले पछि कुरा गर्दै जादा देखे उहाँको बाख्रा भैसिको कानमा बीमाको ट्याग लगाइएको थियो । बुबालाई बीमा गरेपछि मेरो बाख्रा वा भैसीलाई केही भयो भने त्यसको हानी बीमा कम्पनीले बेहोर्छ भन्ने चाही थाहा थियो , तर मेरो आफ्नो पनि यसरी बीमा गराएसि कम्पनीले क्षति बेहोर्छ भन्ने थाहा थिएन् । मतलत जीवन बीमाको बारेमा थाहा नभएपछि बीमाले क्षति बेहोर्छ भन्ने चाँही थाहा छ ।

 

बीमा प्रति आम जनमानसमा चासो साच्चिकै बढ्दै गएको छ की तथ्यांकमा मात्रै सिमित हो ? तपाईलाई के लाग्छ ?
बास्तममै, मैले एकपटक समाचारमा जीवन बीमा गर्नेको संख्या २५ प्रतिशत पुग्यो भन्ने सुनेको थिए । त्यसपछाडि बाहिरको पनि जोड्ने हो भने २ प्रतिशत थपेर २७ प्रतिशत भन्न सकिन्छ । अरु निर्जीवन बीमा पनि जोडने हो भने ४० प्रतिशत भन्दा माथि बीमा भैसकेको छ । अहिले समाजमा कसैले बीमा गर्दा उसलाई केही हुँदा उसको परिवारले दाबी भुक्तानी पाएको समाजले हेरिरहेको छ । कसैलाई ठूलो रोग लाग्दा बीमाले उपचार गर्न सहयोग गरेको समाजले हेरिरहेको छ । साथै, बीमा कम्पनीहरुले विभिन्न सुविधा तथा छुटहरु दिएको पनि समाजले देखिराख्या छ । हिजो यस्तो उदाहरण देख्न निकै विरलै थियो । नेपालमा बीमा नगरेको मान्छे पनि विदेशमा गैसकेपछि बीमा अपरिहार्य रैछ भन्ने बुझेका हुन्छन् । अहिले एसरी क्लेम पाएको धेरै देख्न सकिन्छ यसले पनि बीमा चेतना जगाउने गर्छ । र बीमाप्रति मानिसहरु आकर्षित भैरहेका छन् । सरकारले आगामी पाँच वर्षभित्र ५० प्रतिशत नागरिकलाई बीमामा जोड्ने लक्ष पनि राखेको छ ।

 

कस्तो पोलिसीहरुमा बीमितको चासो बढी पाउनुभयो?
यसमा बीमा गराउँदा बीमित कस्तो अभिकर्तासँग ठोक्कियो त्यो कुराले फरक पार्छ । यसमा हरेक व्यक्तिको अफ्नो चाहनाले फपक पार्छ । कुन उमेरका मानिससँग कुरा गर्दै छौं भन्ने कुराले पनि फरक पार्न सक्छ । तर औसतमा हेर्ने हो भने मान्छेलाई एकदमै इन्भेष्टमेन्ट खालको बीचमा पैसा आउने खालको र अलि बढी प्राप्त गर्न सकिने सस्तो र धेरै कभरेज टाइपको बीमा खोजेको देखिन्छ ।

 

बीमा पोलिसी भर्दा बीमितलाई सबै कुरा नबुझाइकन अभिकर्ता आफैले सबै पोलिसी भरिदिदा यसले बीमित र कम्पनीबीच केही तनावको अवस्था सिर्जना गरेको भन्ने सुनिन्छ, यसप्रति तपाईको धारण के छ?
यसमा अभिकर्तालाई दोषि मान्नै पर्छ । हामी नेपाल राजपत्रको खण्ड ७२ मा उल्लेख भएको सहजीकर्ता हो । जसले कम्पनीमा भएको सबै कुराहरु बीमितमाझ पुर्याउनुपर्छ । सबै कुराहरु प्रष्ट बताउनुपर्छ । यस्तो रोग लाग्दा यसरी क्लेम गनुपर्छ भनेर बुझाउनुपर्छ । पहिले अभिकर्तामा त्यति धेरै शिक्षित थिएनन् । तर अहिले छ शिक्षकहरु पनि अभिकर्तामा भविष्य देखेर आउनुभएको छ । सबै अभिकर्ता सहि छन् पनि भन्न सकिन्न केहीले ढाटेर झुक्याएर पोलिसी बिक्री पनि गरेका छन् त्यस्ता अभिकर्ताको कारण बीमा देखि बीमितहरु टाढिएका हुन् । बीमित हाम्रा भगवान हुन् हामीले आफ्नो क्षणिक स्वार्थका लागि बीमितसँग छलकपट गर्नु हुँदैन् ।

 

तपाईले बीमा सुरुमा कसरी र को बाट गर्नुभयो ?
सुरुमा बीमा बुझाउदै गर्दा खेरी एउटा मावलीको दीदी हुनुहुन्थियो । उहाँबाट सुरु गरेको । सम्बन्ध बढाएपछि बीम हुदो रहेर । सुरुमा हामीलाई सबै कुरा थाहा नहुन सक्छ् । र बीमितलाई बुझाउने शैलीमा पनि फरक पर्दाेरहेछ । मैले पनि दीदीको सम्बन्ध जोडिएकोबाट बीमा सुरु गरेको हु । त्यो सुरुवात थियो । त्यसले पनि मलाई धेरै सहज भयो ।

 

यो पाँच वर्षको समयमा अनुमानित कति पोलिसी बिक्री गर्नुभयो? र कति वटा क्लेम पर्यो?
भाग्यकै खेल सम्झिनुपर्छ की आजसम्म मैले बीमा गराएको कुनै बीमितले क्लेम लिनुपर्ने अवस्था आएको छैन् । तर हामी क्लेम दिन आतुर र रेडि पनि छौं । बीमितलाई केही भइहालेमा हामी तत्काल क्लेम दिन तत्पर छौं । तर म के कामना गर्छु भगवानसँग मेरा बीमितलाई कहिल्यै केही नहोस् ।

 

अहिले प्राधिकरणले अभिकर्ता बन्न परिक्षा दिनुपर्ने नियम ल्याएको छ, यसलाई तपाई कुन रुपमा हेर्नुहुन्छ?
हिजो को जस्तो घर मै लाईसेन्स अब आउदैन् । म बीमा गराउछु मलाई लाइसेन्स देउ भनेको भरमा अब लाइसेन्स आउदैन् । म के बुझुछ् भन्दा हो यस्तो कुरा ठिक हो । किनकी परिक्षा पास गर्न अभिकर्ताले बीमा सम्बन्धी पढेको र ट्रेनिङ लिएकै हुनुपर्छ । यो एकदमै राम्रो विषय हो । अभिकर्ताले बीमा गराएपछि म्याचुरिटी नभएसम्म बीमितको सम्पर्कमा बस्नुपर्छ । परीक्षा प्रणाली एकदमै राम्रो हो । यसले भोलिको दिनमा दक्ष र सक्षम अभिकर्तामात्र बजारमा आउछ । यसले बीमाप्रतिको नकारात्मक धारणालाई चिर्न सहयोग गर्छ ।

 

बीमाको नयाँ ऐन बनाउँदा अभिकर्तालाई समावेश नगरिएको कुराप्रति तपाईको धारणा के छ?
बीमा अभिकर्ता भनेको बीमाको पिल्लर हो । बिना पिल्लर घर अडिदैन् । प्राधिकरणले के बुझ्नु पर्यो भन्दा बिना बीमा अभिकर्ता नभई नेपालमा बीमा पोलिसी सेल हुदैन् । यो ग्यारेन्टी हो । त्यसकारण प्राधिकरणले कुनै पनि ऐन, नियम र नियमावली बनाउँदा अभिकर्ता आफू र कम्पनीलाई मात्र फाइदा हुने शैलीमा ऐन बनाउँदै हुनुहुन्छ भने यसले भोलि भुकम्प ल्याउछ । बीमा अभिकर्ताको धारणा पनि सुन्नुस् नभाग्नुस् हामीसँग पनि अभिकर्ता संघ छ यसले प्राधिकरणसँग के थप्नुपर्छ के हटाउनुपर्छ बहस गर्न हामी तयार छौं । अहिले बीमा नियमावली अन्तिम चरणमा पुगेको छ भन्ने सुनेका छु, त्यो नियमावली आइसकेपछि आन्दोनल गर्ने बाहेक अरु उपाए नहुनसक्छ । त्यसकारण अभिकर्तासँग पनि छलफल राखेर मात्र ऐन बनाउनुहोस् यसले देश र बीमा दुबैको भलो हुन्छ ।

 

बीमा नियमावलीले अभिकर्तालाई सहजीकर्ताभन्दा पनि एजेण्टको रुपमा तोक्दा यसले पहिचानमा केही नकारात्मक असर पार्छ कि पार्दैन?
यसले पहिचानमा नकारात्मक असर त अवश्य पनि पार्छ नै । तर म आफू सकारात्मक सोच भएको मान्छे हुँ । हामीले आफ्नो पेशालाई आफूले केको रुपमा हेर्छौं भन्ने कुराले फरक पार्छ । यसमा आम बीमितले एउटा कागजको भरमा पैसा दिएका हुन्छन् यो कुनै चानचुने पेशा हैन् । यसको मर्मलाई बुझ्नुपर्छ ।

 

बीमा क्षेत्रमा आर्थिक मन्दीको प्रभाव कत्तिको छ ?
नेपालमा आर्थिक संकट छ । यसबाट हामी सबै पीडित छौं । राज्य पनि पीडित छ । पहिले बीमितलाई थोरै सम्झाएसी बुझाएपछि बीमा गराउन तत्पर हुन्थे । तर जब आर्थिक मन्दीले खान लाउन समेत पर्याप्त पुगेको छैन् त्यहाँ हामीले बीमाको लागि बचत गरौं भन्दा उहाँहरुले सहजै मान्नु हुँदैन् । तर यसको फाइदा के छ भने बीमितले धेरै बुझ्न पाउनु भएको छ । तर नेपालको बीमा लगायत हरेक क्षेत्रमा आर्थिक मन्दीको ठूलो प्रभाव छ ।

 

अहिले देशमा रोजगारीको कमीले पलायन हुने क्रम बढ्दै जाँदा यसले बीमामा कस्तो असर पार्ला?
नेपालमा विकराल रुपमा देखिएको पलायनको समस्यालाई नकार्न सकिदैन् । यसले नेपालमा भएको दक्ष जनशक्तिलाई विदेशमा धकेल्दा बीमा क्षेत्रमा दक्ष अभिकर्ताको कमि ल्याउछ । कतिपय त अभिकर्ता पेशा छाडेर पनि पलायन हुनुभएको छ । तर यसले आत्तिनु हुँदैन् । निरन्तर रुपमा लाग्ने हो भने आज अप्ठेरो परेको भएपछि भोलि परिवर्तन देखिन्छ ।

 

अभिकर्तालाई नियामक निकाय तथा कम्पनीले के गरिदिए सहज हुन्छ जस्तो लाग्छ?
यसमा बीमाको बारेमा सकारात्मक जनचेतना जगाउँदै बीमा सबैमा अपरिहार्य छ र यो बचत गर्ने बैंक हैन व्यक्तिगत जोखिम बहन गर्ने कार्य हो भन्ने किसिमको भावना कम्पनी तथा प्राधिकरणले आम मानिसमा विकास गराउन सकेमा अभिकर्तालाई धेरै सहज हुने देख्छु ।

 

अभिकर्ता पार्ट टाइम पेशा हो । यसले मात्र पुग्दैन भन्ने किसिमको धारणा छ यसलाई के भन्नुहुन्छ ?
म सबै कुरालाई ‘थ्री सी’ बाट हेर्छु । यसको मतलब च्वाइस, चान्स एण्ड चेन्ज । हरेक फिल्ड रोज्नुस च्वाइस गर्ने जिम्मा तपाईको हो । प्रत्येक फिल्डमा चान्स धेरै हुन्छ । त्यसलाई तपाईले कसरी चेन्ज गर्न सक्नुहुन्छ भन्नेमा भर पर्छ । म हिजोकै दिन जसरी हिडे भने म मा चेन्ज कसरी हुन्छु ? भनेर सोच्नुपर्दछ । त्यसैले करियर खोज्न भाग्नु पर्दैन यो आफैले बनाउने हो ।

 

बीमित र अभिकर्ताको सम्बन्ध कस्तो हुनुपर्छ ?
यो हामीले पहिलै देखि नै सुन्दै आएको नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ । बीमित बीना अभिकर्तालाई बाँच्न गाह्रो छ । अभिकर्ताबीना बीमितलाई केही परेको खण्डमा सहजीकरण गर्न एकदमै गाह्रो छ । अभिकर्ता एस्तो धर्म हो जसमा बीमितलाई कहिले सहयोग गर्न पाइयोस् भन्ने धारणा हुन्छ । हामीलाई बीमितलाई केही भईहालेमा सहयोग गर्न आतुर रहन्छौ । यसमा हामी एकदमै उदार छौं । यही कुरालाई बीमितले बुझिदिएमा पनि हामीलाई अझै धेरै सहज हुने थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*