सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलको नाम सिफारिस

१८ पुष २०८०, बुधबार १२:१५

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकालको नाम सिफारिस भएको छ । न्याय परिषद्को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

यस्तै, अदालतको रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । अहिले पौडेल सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुख हुन् । यसअघिका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतमा यी २ पद रिक्त थिए ।

मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरिएपछि पद रिक्त थियो । न्याय सेवा आयोगको सिफारिसपछि प्रधानन्यायाधीशले मुख्य रजिष्ट्रार र रजिष्ट्रार नियुक्त गर्ने चलन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*