मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

१८ पुष २०८०, बुधबार ११:०८

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनी विजय कुमार ठाकुरको नाममा रहेको २६ हजार र धिरेन्द्र ठाकुरको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीलाई दिएको थियो। तर तोकिएको समयभित्र कुनै पनि शेयरधनीबाट खरिद आवेदन नपरेपछि शेयर जो–कोहीले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।

सो शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई संस्थाको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*