नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति?

१८ पुष २०८०, बुधबार १०:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। मंगलबार युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त र कालिका पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।

युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको मूल्य २०१ रुपैयाँ ७५ पैसा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २१९ रुपैयाँमा मूल्य समायोजन भएको हो ।

त्यस्तै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य १५०७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य १३२२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

त्यसैगरी, कालिका पावरको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँ ५० पैसामा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यी कम्पनीको मूल्य समायोजन गरिएको हो । आज  बुधबार यी कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*