सानिमा रिलायन्स लाइफले पायो ‘राउण्ड अफ दि टेबुल’ र २७ जना एमडीआरटी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक जना ‘राउण्ड अफ दि टेबुल’ र २७ जना एमडिआरटी पाएको छ । सानिमा रिलायन्सबाट नमिता न्यौपाने सन् २०२४ का लागि सम्भवत नेपालको तर्फबाट एक मात्रै टप अफ दि टेवल ‘टिओटी’मा पर्न सफल भएकी छन् ।
अन्य कम्पनीहरुले टिओटीमा पर्ने अभिकर्ताको नाम सार्वजनिक नगरेकाले सम्भवत न्यौपाने नै नेपालको तर्फबाट एक्लो टीओटी भएको कम्पनीले जिकिर गरेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अनुसार अहिलेसम्म अन्य कम्पनीहरु कसैले पनि टिओटीमा पर्न सफल अभिकर्ताको नाम सार्वजनिक गरेका छैनन् । न्यौपाने एक्लैले २ करोड ५० लाख भन्दा धेरै बीमा शुल्क आर्जन गरेर टिओटीको टार्गेट पुरा गरेकी हुन् ।
नमिता पौडेल यो वर्ष मात्रै नभई दुई वर्षअघि सन् २०२२ का लागि पनि टिओटीमा पर्न सफल भएकी थिइन् । उनले ७ वर्षको अभिकर्ता यात्रामा २०२० मा एमडीआरटी, सन् २०२१ मा सिओटी, २०२२ मा टिओटी, २०२३ मा एमडीआरटी र यस वर्ष फेरि टिओटीको उपाधी हासिल गरेकी छन् ।
वैयक्तिक कोडबाट जारी भएको बीमा शुल्कका आधारमा एमडीआरटी र टेओटीका लागि योग्य भएको भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बधाई दिएका छन् । कम्पनीले टिओटी र एमडीआरटी क्वालिफायर्ड सबै एजेन्सी म्यानेजरको उच्च मूल्याङ्कन गर्ने समेत बताएका छन् ।
सानिमा रिलायन्सबाट कल्पना विष्ट, नारायण बहादुर गुरुङ, रमेश कुमार रामदाम, रण बहादुर तामाङ, सुनिता कुमारी साह, पुजा गुप्ता, हिमाल देवी गुरुङ्ग कमल राज शर्मा, तिर्था घिमिरे, झलक कुमार चन्द, रश्मी गिरी, रोसन दाहाल, चन्द्र कुमार आचार्य, बुलु राई, आइष्मा केसी क्षेत्री, आलोक मिश्र, सरोज ढकाल, सीता भट्टराई, केदारनाथ बराई, अभिनास दाहाल, गोकर्ण पाण्डे, माया कुमारी बस्नेत, मान बहादुर कुवँर, आस्था वली, श्याम गुरुङ, यशु म्हसजु श्रेष्ठ र कलावती कुमारी जोशी एमडिआरटीमा परेका छन् । २०२४ को ग्लोबल कन्फ्रेन्स आगामी अगष्ट २७ देखि ३० सम्म दुवई युएईमा हुँदैछ ।
नेपालमा जीवन बीमा अभिकर्ताहरु माझ एमडीआरटी, सिओटी तथा टिओटी सर्वाधिक आकर्षणको विषय बन्दै आएको छ । यसले जीवन बीमा अभिकर्ताको सफलतालाई समेत मापन गर्ने भएकाले यसका लागि हजारौ अभिकर्ताले प्रयास गरिरहेका हुन्छन् ।
जीवन बीमा कम्पनीले पनि अभिकर्तालाई यसका लागि प्रोत्साहन गर्न विभिन्न स्किमहरु ल्याउने गरेका छन् । केही कम्पनीहरुले यो वर्ष एमडीआरटीको लक्ष्य हासिल गर्नेहलाई एमडीआरटकी सम्मेलनमा भाग लिन लाग्ने खर्च व्यहोर्नेदेखि थप इन्सेन्टिभका प्याकेज सार्वजनिक गरेका छन् । अभिकर्ताले यस्तो उपाधी हासिल गर्दै गर्दा जीवन बीमा कम्पनीहरुले पनि राम्रो व्यवसाय भित्र्याउने गर्छन् ।
साविक सानिमा लाइफ र रिलायबल लाइफ मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफले पछिल्ला दिनमा अभिकर्ताहरुलाई उत्प्रेरित गर्दै जीवन बीमा व्यवसायमा आक्रामक सुधार गरेको छ । सन् २०२४ का लागि एमडीआरटीको लक्ष्य हासिल गर्नेको संख्या बढ्नुले पनि यसलाई पुष्टि गरेको छ ।