हिमालयन हाइड्रोको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले गुमाए सर्वाधिक?

१७ पुष २०८०, मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो दिन नेप्से ३० अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन २०५ कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सिटिजन लाइफको ७.१८, दोर्दी खोलाको ६.५६, र मेगा म्युचुअल फण्ड–१ को ५.७७ प्रतिशतले घटेको छ ।

त्यस्तै, उप्पर हेवाखोला हाइड्रोपावरको ५.५८, माया खोलाको ५.५६, पिपल्स पावरको ५.३६, मेन्छियाम हाइड्रोपावरको ५.२३, यूनिभर्सल पावरको ४.७८ र उप्पर स्याङ्गेको ४.७१ प्रतिशतले शेयरमूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*