उर्जामन्त्री बस्नेतले डडेल्धुराका ऐरलाई नियुक्त गरे विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य

१७ पुष २०८०, मंगलवार १४:३७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा इन्जिनियर रतनबहादुर ऐरलाई नियुक्त गरेका छन् । मन्त्री बस्नेतले डडेल्धुराका ऐरलाई प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त गरेका हुन् ।

डडेल्धुरा अमरगढी नगरपालिका-४ का ऐरलाई ४ वर्षका लागि नियुक्त गरिएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ । सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ऐरसँग प्राधिकरणमा इन्जिनियरका रुपमा २९ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिमध्येबाट ऐरलाई नियुक्त गरिएको बस्नेतको सचिवालयले जनाएको छ । ऐरलाई नियुक्त गरिएसँगै प्राधिकरणको सञ्चालक समितिले पूर्णता पाएको छ । ८ सदस्यीय प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*