तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?
१७ पुष २०८०, मंगलवार १५:०७
काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्से दाहोरो अंकले घटेको छ । नेप्सेमा उच्च अंकको गिरावट आएतापनि मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन चिरख्वा हाइड्रोपावर लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज लक्ष्मी लघुवित्तको शेयरमूल्य ९.९६, सनराइज फर्स्ट म्युचुअल फण्डको ५.९०, हाथवे इन्भेष्टमेन्टको ५.५९ र प्रभु स्मार्ट फण्डको ५.०६ प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यसैगरी, न्यादी हाइड्रोपावरको ४.७१, एनआरएन इन्फ्रान्सटक्चर एण्ड डेभलपमेन्टको ४.१९ र यूनिक नेपाल लघुवित्तको ४.०१ प्रतिशतले शेयरमूल्य बढेको छ ।