बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावरको साधारण सभा रोकियो, म्याद थप गर्न पत्राचार

१७ पुष २०८०, मंगलवार ११:१६

काठमाडौं । बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावर लिमिटेडको साधारण सभा रोकिएको छ ।

कम्पनी ऐन, २०६३ को दफा ७६(१) तथा कम्पनीको नियमावलीको नियम १८(२) बमोजिम कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस मसान्त) भित्र गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

शुभम पावरले निर्माण गरी सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको कम्पनीले बताएको छ । साथै, सोको पुनर्निर्माण कार्य तिब्र गतिमा भईरहेको र बीमा दाबीको टुङ्गो नलागेपछि निर्धारित समयभित्र साधारण सभा गर्न नसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सभा गर्नका लागि ३ महिना म्याद थप गर्न स्वीकृति माग्दै धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*