परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुल्ला विज्ञापन आह्वान (सूचनासहित)

१७ पुष २०८०, मंगलवार ०९:२८

काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न दरखास्त खुलेको छ । योग्यता पुगेका नेपालीले आउँदो माघ २ गतेभित्र परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखा सिंहदरबारमा गोप्य शिलबन्दी गरेर आवेदन दिन सक्ने बताएको छ ।

त्यसरी आवेदन दिने व्यक्तिको उमेर ६५ वर्ष ननाघेको र मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । यस्तै, अन्तर्राष्ट्रिय कानून, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको तथा उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*