नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको भाउ कति घट्यो ?

१६ पुष २०८०, सोमबार १८:३३

काठमाडौं । नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा, गरिमा विकास बैंकको ९।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ४१० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३७४।४३ रुपैयाँ कायम भएको छ।

लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ४०२ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ३८६।५४ रुपैयाँ कायम भएको छ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९०९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ८६५।७१ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर भोलि मंगलबार यी तीन कम्पनीको कारोबार खुल्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*