यी ६ कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका, कुनको कति?

१६ पुष २०८०, सोमबार ०८:०८

काठमाडौं । ६ वटा कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस १६ गते) सोमबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोलि (पुस १७ गते) बुक क्लोज गर्दैछन् ।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सुपर मादी हाइड्रोपावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २ प्रतिशत नगद लाभांश (कर बाहेक) घोषणा गरेको छ । कम्पनीले सो प्रस्ताव पारित गर्न पुस २८ गते होटल इम्पेरियल बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।

छिमेक लघुवित्तले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १० प्रशिशत नगद लाभांश वितरण गर्दैछ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सभा बोलाएको छ।

गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते होटल पोखरा ग्राण्ड, बिरौटा पोखरामा पुस २९ गते बिहान ११ बजेदेखि सभा बोलाएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।

एता विन्ध्यवासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे साधारण सभा डाकेको छ ।

त्यस्तै, रु रु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*