फर्जी बिल तिर्दैनौँ, रगत बगाउन तयार छौंः पीडित उद्योगी

१५ पुष २०८०, आईतवार १३:२३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकहरुले बरु रगत बगाउन तयार रहेको तर फर्जी बिल नतिर्ने प्रतिक्रिया दिएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा पीडित भनिएका उद्योगीहरुले विद्युत प्राधिकरणलाई यस्तो जवाफ फर्काएका हुन् ।

प्राधिकरणले लाइन काटिदिएको रिलाइन्स स्पिनिङ मिल्सका सञ्चालक पवन गोल्यानले भने, ‘हामी रगत बगाउन तयार छौँ । तर, फर्जी बिल तिर्दैनौं ।’ अरबौँको फर्जी बिल भिडाएर उद्योग बन्द गराउने नियतका साथ नियोजित प्रहार गरिएको आरोप समेत उनले लगाए । प्राधिकरणले विभिन्न खाले डेटा दिएर झुक्याएको आरोप समेत उद्योगीले लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*