प्रिमियम मूल्यमा आइपीओ निष्काशनको प्रकृया सकेका कम्पनीमाथि निगरानी राख्न सम्भव छैन, नयाँको प्रकृया रोक्छौः अध्यक्ष सिलवाल

१३ पुष २०८०, शुक्रबार १७:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थसमितिको निर्देशन बमोजिम प्रिमियम मूल्यमा आईपीओको सम्पूर्ण प्रकृया सकिएका कम्पनीहरुलाई निगरानी गर्न सम्भव नभएको बताएका छन् ।
नेपाल बीमा प्राधिकरण्का अध्यक्ष सिलवालले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरीसकेका कम्पनीहरुलाई अहिले आएर सच्चाउनु सम्भव नभएको बताएका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम शुल्क लिएर आईपीओ निष्कासनका लागि प्राधिकरणले गरेको स्वीकृतिको निर्णय तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो । तर, प्राधिकरणका अध्यक्ष अब आउने कम्पनीहरुलाई प्रिमियम मूल्यमा रोक लगाउने मिल्ने दिईसकेका कम्पनीको हकमा पुन विस्तृत अनुसन्धान गर्न सम्भव नरहेको उनले बीमापोष्टलाई जानकारी दिएका छन् ।

प्राधिकरणले पाँच वटा बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति दिएका थियो । प्राधिकरणले सन नेपाल लाइफ इन्स्योरेन्स,रिलायबल नेपाल ,आइएमई लाइफ इन्स्योरेन्स,सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेर दोस्रो बजारमा समेत कारोबार सुचारु भईसकेको कारण पुन केलाउन सम्भव नरहेको बताएका छन् ।

प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हिमालयन रि इन्स्योरेन्सले यसै साता मात्रै आइपीओ बाँडफाँड गरिसकेको छ । दोस्रो बजारमा भने कम्पनीको शेयर कारोबार भएको छैन । पुरानो बन्देज लगाउने काम प्राधिकरणबाट नहुने र नयाँ दिन स्वीकृति रोकिन सक्ने अध्यक्ष सिलवालले बताएका छन् ।

हाल प्राधिकरणाई बैठकको निर्देशन रहेको र लेखा समितिबाट पत्र आएपछि हामीले बोर्ड कमिटीसँग छलफल गरेर अगाडि बढ्छौँ,’ उनले भने ।

लेखा समितिको बिहीबारको बैठकमा प्राधिकरणले प्रमियममा आईपीओ जारी गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप सांसदहरुले लगाएका थिए ।प्रिमियम निष्काशन गर्न बीमा प्राधिकरणले आइपीओ निष्काशन गर्न बीमा ऐनमै टेकेर दिएको प्राधिकरणको धारणा छ।

प्राधिकरणबाट सन नेपाल लाइफले ९६ करोड रुपैयाँ, रिलायबल नेपालले १ अर्ब २० करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब २० करोड र सिटिजन्स लाइफ इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ प्रिमियमबापतको आइपीओ निष्काशन गरेर दोस्रो बजारमा कारोबार गर्दै आईरहेका छन् । हिमालय रिको सेयर २०६ रुपैयाँमा निष्काशन गरि बाँडफाँट भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*