गृहमन्त्री र सीडीओको आदेशमा बेरोजगार युवामाथि प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार

१३ पुष २०८०, शुक्रबार १६:१३

काठमाडौं । ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (इपीएस)को परीक्षा दिन नपाएको भन्दै आन्दोलित बेरोजगार युवाहरुमाथि गृहमन्त्री र सीडीओको आदेशमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको पुष्टि भएको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरुमाथि गृहमन्त्रालयको आदेशपछि समन्वयमै गोली चलाइएको घटनास्थलबाट ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बीमापोष्टलाई जानकारी दिए ।

उनले भने, ‘सीडीओको आदेशले मात्रै कहाँ हुन्छ । समन्वयमा भएको हो । अहिले म घटनास्थलमा छुँ । धेरे लामो कुरा गर्न सक्दिन ।’ एपीएस परीक्षा दिन नपाएपछि युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीको बल प्रयोगले उपचारका लागि पाटन अस्पतालमा लगिएका २१ वर्षीय वीरेन्द्र शाह र किस्ट अस्पताल लगिएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ, भने एक जना युवाको झोलाभित्र बोकेको मोबाइलले गोली रोकेका कारण ज्यान जोगिएको छ ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फाराम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको छ । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा उनीहरुलाई पनि सहभागि गराउन उच्च अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अन्य विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि प्रदर्शन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*