मंसिर मसान्तसम्म दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन् साढे २ करोड बढी
१३ पुष २०८०, शुक्रबार १३:४०
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने दुई लघु निर्जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्म दुई करोड ७९ लाख कुल बीमाशूल्क आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तसम्म ११ हजार १८८ बीमालेख जारी गरेर साढे दुई करोड बढी कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
मंसिर महिनामा मात्रै उनीहरु उनीहरुले ५ हजार ५३८ बीमालेख जारी गरेर एक करोड ११ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै मंसिर मसान्तसम्म एक करोड ४० लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभले एक करोढ ३८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । मंसिर महिनामा भने नेपाल माइक्रोले ७९ लाख र प्रोटेक्टिभले ३१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।