इपीएस परीक्षामा सहभागि नगराएको भन्दै मन्त्री ज्वालाको गाडीमा आगजनी
१३ पुष २०८०, शुक्रबार १३:०८
काठमाडौं । सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । इपीएस परीक्षामा सामेल नगराएको भन्दै प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको खुलेको हो ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।