बीमा प्राधिकरणमा कानुन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी फेरियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी हेरफेर गरिएको छ । पाँच महिना पहिले कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी तोकिएका निर्देशक कमलराज रेग्मीको जिम्मेवारी यही पुस ११ गतेदेखि खोसिएको छ । र, सो जिम्मेवारी अर्का निर्देशक दिनेशलाल कर्णलाई तोकिएको छ ।
बीमा प्राधिकरणबाट प्रवाह हुने सेवाहरुमा कानुनको बुँदाहरु अक्षरशः पालना गर्न खोजेका रेग्मीको जिम्मेवारी खोसिएको हो । काम गराउन सजिलो व्यक्तिको खोजी गर्दै प्राधिकरणमा निर्देशक कर्णलाई कानुन विभागको जिम्मेवारी दिइएको छ ।
बीमा प्राधिकरणले गरेका कतिपय निर्णयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको दायराभित्रै परेकै बेला कानुन विभागको जिम्मेवारी हेरफेर गरिएको हो ।