आरविवि सेक्युरिटिजको साधारण सभा स्थगित
१३ पुष २०८०, शुक्रबार ०७:२७
काठमाडौं । आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा स्थगन गरिएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो।
यस कम्पनीले पुस १३ गते शुक्रबार, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, सिंहदरबारप्लाजा काठमाडौंमा सभा बोलाएको थियो । कम्पनीले प्राविधिक कारणले गर्दा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको जनाएको छ ।