पाँच अर्बभन्दा माथिका सबै कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने, लेखा समितिले गर्यो यस्तो निर्णय
काठमाडौं । सार्वजनिक लेखा समितिले पाँच अर्ब वा सो भन्दा बढिका कुनै पनि निजि कम्पनीहरुलाई पब्लिक कम्पनीमा लैजाने व्यवस्था मिलाउन सरकारलाई निर्देशन जारी गरेको छ ।
आज बसेको लेखा समितिको बैठक यस्तो निर्णय गरेको हो । लेखा समितिका सभापति ऋषिराम पोखरेलको सभापतित्वमा बसेको आजको बैठकले पाँच अर्ब वा सो भन्दा बढि लगानीका जुनसुकै कम्पनी वा उद्योगहरु अब पब्लिक कम्पनीमा जानुपर्नेछ । यसअघि प्राइभेट कम्पनीका रुपमा जतिसुकै पनि लगानी गर्न पाइने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार ठूला व्यापारिक घरानाका दर्जनौं कम्पनीहरु पब्लिक कम्पनीमा रुपान्तरण हुनेछन् ।
समितिले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थव्यवस्था सम्बन्ध व्यवस्था अनुसार पाँच अर्बभन्दा बढिका कम्पनीहरुलाई पब्लिक कम्पनीमा लैजान निर्देशन दिइएको लेखा समितिका सभापति पोखरेलले निर्देशन दिएको बताए ।