हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको बोनश शेयरमूल्य समायोजन

१२ पुष २०८०, बिहीबार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप छ कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार नेप्सेमा हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीको बोनश शेयरमूल्य समायोजन भएको हो ।

बिहीबारको अन्तिम कारोबारको आधारमा हिमालयन डिस्टीलरी लिमिटेडको १० प्रतिशत बोनश शेयरको मूल्य १७२५ रुपैयाँ समायोजन भएको छ । साथै, साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनश शेयरको मूल्य ८८८ रुपैयाँमा समायोजन भएको छ ।

त्यस्तै, अन्तिम कारोबारको आधारमा घोराही सिमेन्टको १५ प्रतिशत बोनश शेयरको मूल्य ५०२ रुपैयाँले नेप्सेमा समायोजन भएको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनश शेयरको मूल्य ९५५ रुपैयाँले समायोजन भएको छ ।

बिहीबार आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनश शेयरको मूल्य १६५९ रुपैयाँ र राधी बिद्युत कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनश शेयरको मूल्य २२८ रुपैयाँले समायोजन भएको छ ।

उक्त बोनश शेयर कम्पनीहरुको आउदो वार्षिक साधारण सभा र राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*