दुई लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

१२ पुष २०८०, बिहीबार १५:१४

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ३. ९४ अंकले घटेर २०६६.८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अभिकांश कम्पनीको शेयरमूल्यमा गिराववट आएको छ । जस अन्तर्गत उन्नति सहकार्य लघुवित्त, नेपाल इन्स्योरेन्स, अप्पर सोलु हाइड्रो, गुरासँ लघुवित्त, मोलुङ्ग हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

बिहीबार शेयर बजारमा कारोबारमा भएका ३०३ कम्पनीहरुमध्ये १४९ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*