महाप्रसाद अधिकारीसँग गभर्नर हुने शैक्षिक योग्यता नरहेको भन्दै सर्वोच्चमा रिट दायर, शुक्रबार पेशी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा दर्ता गरेको रिटको पेशी शुक्रबारलाई तोकिएको छ ।
अधिकारी गभर्नर पदमा रहन योग्य नरहेको भन्दै रिट निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्र बैंकको सञ्चालक समिति र गभर्नर अधिकारीलाई विपक्षी बनाएका छन् । रिट निवेदकहरुले संविधानको प्रस्तावना, धारा १, धारा १७, धारा १८, धारा २० (९) र धारा ४६ र नेपाल राष्ट्र बैंक, २०५८ को दफा २० समेतको बर्खिलाप हुने गरी अधिकारीको नियुक्ती भएको भन्दै उत्प्रेषण, अधिकारपृच्छासहितको परमादेश माग गरेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरको शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गर्भनर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा उक्त पदको लागि योग्य नहुने भन्दै उनको नियुक्ति बदरको माग रिट निवेदकहरुले गरेका छन् । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको जिकिर गरिएको छ ।
जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशीसँगै, ठकुराठी ल एशाोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी, विप्स ल एसोसिएट्सका अधिवक्ता दामोदर तिम्सिना र डडेल्धुराको गन्यापधुरा १ घरभई हाल २९ बस्ने वर्ष ३१ का चुडामणी भण्डारीले अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर रिट हालेका हुन् ।
रिट निवेदकले गरेका जिकिर