जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद जारी गर्ने
१२ पुष २०८०, बिहीबार १३:३८
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति मागेको छ ।
कम्पनीले १ः०ः६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।