नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१२ पुष २०८०, बिहीबार १५:३४

काठमाडौं । नविल बैंक लिमिटेडको ३९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा आज आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०८।८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गरेको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*