पशुपतिनाथको गेटबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट सकुशल उद्धार
१२ पुष २०८०, बिहीबार ११:५०
काठमाडौँ । काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको प्रहरीले भक्तपुरबाट सकुशसल उद्धार गरेको छ । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् ।
ती बालिकालाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको बताएका अधारमा प्रहरीले खोजी गरेको थियो ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय दुबैले अनुसन्धान गरिरहेका छन् ।