सिंगटी हाइड्रोले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति
१२ पुष २०८०, बिहीबार ११:२२
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले पुस ११ गतेको पत्र मार्फत कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति समेत प्रदान गरिसकेको छ । बोर्डले १ करोड ४५ लाख कित्ता हकप्रद निष्काशन गर्नको लागि अनुमति दिएको हो ।