हिमालयन हाइड्रोपावर र बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट
११ पुष २०८०, बुधबार १५:१६
काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १७ दशमलव २३ अंकले घटेर २०७० को विन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजार घटेसँगै हिमालयन हाइड्रोपावर र बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबार भएका ३०७ कम्पनीहरुमध्ये आज १५९ कम्पनीको शेयरमूल्य घटेको छ ।
त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८.८२ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ७.४५ प्रतिशत लगायतको शेयरमूल्य घटेको छ ।