सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख घुस खाने पराजुली कार्यकक्षबाटै पक्राउ
काठमाडौं । एक करोड २५ लाख रुपैयाँ घुस लिने पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार हुँदा उनले १ करोड २५ लाख रुपैयाँ घुस लिएको भेटिएकाले पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।
उनले पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएका थिए । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनी पक्राउ परेका हुन् । उनीहरुले उदयबहादुरले समेत घुस लिएको बताएपछि पक्राउ पूर्जी जारी गरिएको थियो ।
मित्रमिलन सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए । त्यस रकममध्ये २० लाख भने उदयबहादुरले फिर्ता गरेको खुल्न आएको छ ।