राष्ट्रिय सहकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

११ पुष २०८०, बुधबार १२:०९

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले प्रमुख वित्त अधिकृतदेखि कनिष्ठ सहायकसम्म ठूलो संख्यामा कर्मचारी मागेको छ । सहकारी बैंकले सार्वजनिक सूचना नै जारी गरेर व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको हो ।
पुस २५ गतेभित्र कैंकको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न आव्हान गरेको बैंकले कनिष्ठ सहायक मात्रै ६० जना माग गरेको छ ।

शाखा प्रमुख र व्यवस्थापन प्रशिक्षार्थी १५-१५ जना माग गरेको सहकारी बैंकले तालिम स्तरीकरण अधिकृत ३ जना मागेको छ । यस्तै, कर्जा अधिकृत २ र अन्य सबै पदमा १-१ जना कर्मचारी माग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*