वाणिज्य बैंकले एकै पल्ट ठूलो संख्यामा कर्मचारी बढुवा गर्दै, को-को परे सिफारिसमा (नामावलीसहित)
११ पुष २०८०, बुधबार १०:०४
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पल्ट ठूलो संख्यामा कर्मचारी बढुवाका लागि सिफारिस गरेको छ । कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्य क्षेत्रबापत प्राप्त अंकका आधारमा प्रशासन सेवाको उपप्रबन्धक, लेखा, कृषि र इन्जिनियर समूहको उपप्रबन्धकमा बढुवाका लागि बैंकले सिफारिस गरेको हो ।
सबैभन्दा धेरै प्रशासन सेवातर्फ एकैपल्ट ४१ जना बढुवाका लागि सिफारिस भएका छन् । यस्तै, लेखामा तीन, कृषिमा २ र इन्जिनियरमा एक जना बढुवाका लागि सिफारिस भएका छन् ।