तीन कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

११ पुष २०८०, बुधबार ०६:५९

काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोलि (पुस १२ गते) बुक क्लोज गर्दैछन् । अर्थात आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु मात्र यी कम्पनीहरुको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

फर्स्ट माइक्रोफाइनान्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २८ गते, शनिबार आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्टले हाल कामय चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयाजनार्थ ०.५२६ प्रतिशत गरी जम्मा १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान १० बजेदेखि १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, तारागाउँ रिजेन्सी होटलले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर बितरण गर्ने भएको छ । कम्पनीले उक्त लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजेदेखि २७ औँ साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*