बीमा क्षेत्रप्रति सन्तुष्ट नरहेका प्रधानमन्त्रीले स्वास्थ्य बीमालाई मात्रै राखे प्राथमिकतामा, गृहकार्य गर्ने संकेत सहित दिए चेतावनी
काठमाडौं । सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा मात्रै परेको छ। सम्रग बीमाको भागलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छाँयामा पारेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रममा जलविधुत् आयोजना, लगानी, बैंक र पुँजिबजारको बिषयलाई प्राथमिकतामा राखेपनि सरकारले स्रमगा बीमाको बिषयलाई भने छाँयामा पारेका छन् ।
स्वास्थ्य बीमा अलपत्र अवस्थामा रहेको कारण त्यस्को सुधारको लागि पहल गर्ने प्रतिवद्धता जनाएपनि स्रमग बीमाको बिषयमा भने आज उनले कुनै पनि बिषय प्राथमिकतामा राखेका छैनन् ।
सरकारले यसअघि पनि बजेटमार्फत मौद्रिक नितिमार्फत वा कुनै कार्यक्रममा बीमा प्राधिकरणलाई सकारात्मक रुपमा हेरेको देखिदैन । आज उनले राष्ट्रको नाममा सम्बोधन गर्दै बीमा क्षेत्रको काम सुधारात्मक रहेको तर आफू उक्त कामप्रति सन्तुष्ट भने नरहेको जनाएका छन् ।
उनले यस समस्याको समाधानको लागि सरकारले गृहकार्य समेत गरिरहेको बताएका छन् । उनले बीमा प्राधिकरण र कम्पनीको शैलीलाई किटान गरेर बीमा क्षेत्रमा विकृती रहेको बिषय नखुलाएर गृहकार्य गर्ने संकेत दिएको बीमाअधिकारीहरु बताँउछन् ।