बीमा क्षेत्रमा अपेक्षित सुधार नहुँदा चिन्तित छु, सुधारका लागि गम्भीर गृहकार्य भईरहेको छ: प्रधानमन्त्री
१० पुष २०८०, मंगलवार १७:४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए ।
सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित बताएका हु्न् ।
बीमा क्षेत्रमा भएका समस्याको सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए ।