स्वास्थ्य बीमा रकमको दायरा बढाउने, व्यवस्थापन चुस्त बनाउने प्रधानमन्त्री प्रचण्डको उदघोष

१० पुष २०८०, मंगलवार १७:३५

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमाको दायरा फराकिलो बनाएर लैजाने बताएका छन् । कार्यकालको १ वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालको बीमा रकमको दायरा बढाउने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नै अघिल्लो कार्यकालमा स्वास्थ्य बीमा ऐन ल्याएको र अहिलेको कार्यकालमा त्यसलाई व्यवस्थित गर्ने कार्य पनि आफैंले गर्न लागेको उदघोष गरे ।

उनले स्वास्थ्यबीमालाई केन्द्रमा राखेर एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अघि बढाउने समेत बताए । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमाका लागि आवश्यक सबै संयन्त्र चुस्त बनाउने, बलियो अनुगमन र जनशक्ती व्यवस्थापनमा विशेष ध्यान दिएर नागरिकको सुविधामा व्यापक सुधार गर्ने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*